SHARE
अन्नपूर्ण · सोमबार १ भौ २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

नाइमा एक्स्पो १ लाख ८० हजारले गरे अवलोकन, उत्साहजनक सवारी बुकिङ

काठमाडौं : नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२६ मा १ लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ।साउन २६ गते उद्घाटन भएको एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ। नाइमाका अनुसार उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरे।