SHARE
कालिका खबर · आइबार​ ३१ साउन २०८३ ०२:२३ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनको असर: १४ निर्जीवन बीमा कम्पनीको नाफा ३९ प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्था कमजोर देखिएको छ। गत भदौमा देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा भएको व्यापक तोडफोड, आगजनी तथा भौतिक क्षतिका कारण ठूलो मात्रामा बीमा दाबी परेपछि निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको हो। प्राकृतिक विपत्ति र राजनीतिक आन्दोलनको दोहोरो प्रभावमा परेका १४ निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा समीक्षा अवधिमा ३९.२९ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूले कुल ४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।