SHARE
Kalo Pati · आइबार​ ३१ साउन २०८३ १२:११ PM · 1 मिनेट पढाइ

‘सूचना प्रविधिले पुँजीवादलाई थप बलियो बनाएको छ’ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सूचना प्रविधिको विकासले पुँजीवादलाई थप बलियो बनाउँदै विश्वव्यापी श्रम शोषण बढाएको बताएका छन् । आइतबार समाजवाद अध्ययन केन्द्र नेपालले आयोजना गरेको ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ राष्ट्रिय बहस कार्यक्रममा बोल्दै पोखरेलले सूचना क्रान्तिले नयाँ अर्थतन्त्र निर्माण गरे पनि त्यसले समाजमा असमानता बढाउने काम गरिरहेको बताए ।