SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

भक्तपुरमा भाटभटेनीको ग्रोसरी सेवा अब चौबिसै घण्टा

काठमाडौं : भाटभटेनी सुपरमार्केटले भक्तपुरस्थित आफ्नो स्टोरबाट २४ सै घण्टा, सातै दिन सञ्चालन सेवा सुरु गरेको छ। प्रारम्भिक चरणमा २४ घण्टा सेवा ग्रोसरी (किराना) विभागमा मात्रै लागू गरिएको कम्पनीले जनाएको छ।अन्य विभाग तथा सेवाहरू भने यसअघि कायम रहेको नियमित समयअनुसार नै सञ्चालन हुनेछन्। ग्राहकलाई चौबिसै घण्टा सेवा दिनुअघि भाटभटेनीले भक्तपुर स्टोरमा एक सातासम्म आन्तरिक परीक्षण गरेको थियो।