नयाँ समस्याको समाधान पुरानो तरिकाबाट खोज्दा असफल भयौँ : शंकर पोखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाका नेता शक्ति बस्नेत र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाललाई अलगअलग बसिरहनुपर्ने आवश्यकता नभएको भन्दै कम्युनिस्ट आन्दोलन अघि बढाउन एकै ठाउँमा बस्न सुझाव दिएका छन्। आइतबार ‘वामपन्थी आन्दोलन अव के गर्ने ?’ भन्ने बहस कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन्। ‘हिजो हामी फरक राजनीतिक कार्यदिशा बोकेर हिँडेको भएपनि आजको समाजमा खेलिरहेको भूमिका र समस्याहरूमा साथै हिँड्नुपर्ने बाटोका हिसाबमा अलग बसिरहनुपर्ने आवश्यकता देख्दिनँ’, पोखरेलको भनाइ छ । इतिहासबाट जसले सिक्दैन त्यसले सजाय पाउने पनि पोखरेलले बताए ।
