SHARE
कालिका खबर · आइबार​ ३१ साउन २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

एमाले पुनर्गठन हुँदैन, पुनर्जागरण हुन्छ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक संज्ञा दिएका छन् । झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका हुन् । ‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन् । एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको पनि उनले बताए । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने । नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन नभनिने तर्क समेत उनले गरे ।