काठमाडौं आइपुगे भारतीय सेना प्रमुख सेठ
काठमाडौं : भारतीय सेना प्रमुख धिरज सेठ काठमाडौं आइपुगेका छन्। पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै सेठ आइतबार काठमाडौं आइपुगेका हुन्।भारतीय सेना प्रमुख सेठलाई नेपाल भ्रमणका क्रममा सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा दिइने कार्यसूची छ। नेपाल र भारतमा सेना प्रमुख नियुक्त भएपछि एकले अर्को देशमा भ्रमण गर्ने र मानार्थ महारथीको दर्जा दिने प्रचलन छ।
