‘मधेस पर्यटन सर्किट’को अवधारणा अघि सार्न माग
ढल्केवर(धनुषा) : नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशले प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यलाई एउटै सञ्जालमा जोड्ने गरी ‘मधेस पर्यटन सर्किट’को अवधारणा अघि सार्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ।महासंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै मधेसको पर्यटन विकासलाई राष्ट्रिय पर्यटन नीति तथा योजनामा प्राथमिकताका साथ समेट्न आग्रह गरेको हो।
