सानिमा बैंकको नाफा ३८ प्रतिशतले वृद्धि, लाभांश क्षमता २०.८५ प्रतिशत
काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफा ३८.०१ प्रतिशतले बढाएको छ । बैंकले यस आर्थिक वर्ष ३ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्ष बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो । फी कमिसनसँगै ब्याज आम्दानीमा सुधार हुँदा बैंकको नाफा बढेको हो ।
