SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०८:११ AM · 1 मिनेट पढाइ

काठमाडौंका गल्लीमा नागपञ्चमीको रौनक (तस्बिरहरू)

काठमाडौं । काठमाडौंका पुराना गल्लीहरूमा मगमगाएको धुप–कर्पुर र सालको पातमा बेरिएको हरियो दुबो अनि गाईको गोबरको सुवास । भदौ १ गते परेको नागपञ्चमी पर्वको पूर्वसन्ध्यादेखि नै उपत्यकाका ऐतिहासिक चोक, मन्दिरका पाटी–पौवा र आँखीझ्यालका कापहरू नागका बहुरङ्गी तस्बिरहरूले सजिएका छन् ।