२० वाणिज्य बैंकको नाफा ३२ प्रतिशतले वृद्धि, कुनको अवस्था कस्तो छ ?
काठमाडौं । आर्थिक गतिविधिमा अपेक्षित गति नदेखिए पनि नेपालको बैंकिङ क्षेत्रमा गत आर्थिक वर्ष २०८२–८३ मा उल्लेख्य सुधार देखिएको छ। देशका हाल विद्यमान रहेका २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकहरूको समग्र खुद नाफा अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतभन्दा बढीले बढेको हो ।
