इन्डोनेसियामा भूकम्प : मृतकको संख्या ५१ पुग्यो, ५ हजार विस्थापित
काठमाडौं । पूर्वी इन्डोनेसियामा शनिबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ । भूकम्पपछि करिब ५ हजार मानिस विस्थापित भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार स्थानीय समयअनुसार शनिबार बिहान ५स्५८ बजे ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
