SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बाघको आक्रमणबाट एक जना घाइते

चितवन : चितवन राप्ती नगरपालिका - १ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। प्रहरी कार्यालयका अनुसार आज बिहान अन्दाजी ६:४० बजे बस्तीमा आएको बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका हुन्।अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा चोट लागेपछि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।घटनापश्चात चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ।