SHARE
लोक पथ · आइबार​ ३१ साउन २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

नाफामा फर्कियो एनआईसी एशिया बैंक, खराब कर्जा ९.२६ प्रतिशत पुग्दा चुनौती उत्तिकै

काठमाडौं । एनआईसी एशिया बैंकले घाटा पूर्ति गर्दै नाफा कमाएको छ । गत आर्थिक वर्ष २०८२–०८३ मा बैंकले सार्वजनिक गरेको चौथो चौमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंक १८ करोड १७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । त्यसो त बैंकले गत आर्थिक वर्ष ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।