आइतबार सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढ्यो
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको छ ।
