SHARE
लोक पथ · आइबार​ ३१ साउन २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

भारतका प्रधानसेनापति आज नेपाल आउँदै, भोलि राष्ट्रपति पौडेलबाट मानार्थ महारथीको दर्जा प्रदान गरिने

काठमाडौं । भारतका प्रधानसेनापति धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । २०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।