SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता

काठमाडौं :  अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका-२ मा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब ४ बजे अविरल वर्षाका कारण पहिरोले घर तथा टहरा भत्किनुका साथै केही परिवार विस्थापित भएका छन्। पहिरोमा परी भेरी नगरपालिका-२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा साउन ३१ गते बिहान ४:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।