भारतीय प्रधानसेनापति धीरज सेठ आज नेपाल आउँदै
काठमाण्डु – भारतीय प्रधानसेनापति जनरल धीरज सेठ आइतबार नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा आउन लागेका जनरल सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।
