SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठूला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन् । विकास साझेदारहरूको सहयोगमा सुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।