जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जनाको खोजीकार्य जारी
काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ ।
