तोलामा तीन हजार ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको पनि वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । छापावाल सुन तोलामा तीन हजार ६०० र चाँदी ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २०० कायम भएको छ ।
