SHARE
कालिका खबर · आइबार​ ३१ साउन २०८३ ०३:४१ AM · 1 मिनेट पढाइ

पहिरोमा पुरिएर वृद्धाको मृत्यु

रोल्पा : लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।