SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ १०:०० AM · 1 मिनेट पढाइ

कुवेतमा मदिरा, जीवनकै खतरा

कुवेत : संयोगले कुवेत सहर घुम्ने मौका मिल्यो। दुबईबाट कुवेत सहर प्रस्थान गर्दै गर्दा ‘ड्ययुटी फ्री’ मा मदिराका बोतलहरूमा आँखा नपरेका होइनन्। उपहार लगिदिनु पर्ने र कसैले पनि नमगाएको हुँदा खाली हात कुवेत लागियो। अक्सर छुट्टीमा जाने नेपालीहरू ड्युटी फ्रीमा रक्सीका बोतलहरू छानिरहेका भेटिन्छन्।कुवेतमा बस्ने नेपालीहरूका लागि सबैभन्दा ठूलो सांस्कृतिक फरकमध्ये एक हो, रक्सीमाथिको पूर्ण प्रतिबन्ध।