SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०३:०५ AM · 1 मिनेट पढाइ

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूललबगियाक डार, सीतासँग झुलथी रघुबर, मन हरषित अपार !’ मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया तिथिसँगै शनिबार झुलनोत्सव पर्व सुरु भएसँगै मिथिलामा झुलागीत गुञ्जन थालेका हुन् ।