SHARE
मकालु खबर · आइबार​ ३१ साउन २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

वर्षायाममा सहज बन्न सकेन बेँसीसहर–चामे सडक

मनाङ । डुम्रे–बेँसीसहर–चामे सडकको ट्रयाक खोलिएको करिब तीन दशक बढी भयो । यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन ।