SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

मुग्लिङ–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध

चितवन : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–नारायणगढ सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ।चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा शनिबार राति करिब ११ बजे सडक माथिबाट रूखसहितको सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।पहिरो ठूलो भएकाले सडक खुलाउन कम्तीमा ४ देखि ५ घण्टा लाग्ने अनुमान गरिएको छ। यात्रुको सुरक्षालाई मध्यनजर गर्दै नारायणगढबाट काठमाडौँ जाने सबै सवारीसाधनलाई अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको प्रहरीले जनाएको छ।