SHARE
अन्नपूर्ण · आइबार​ ३१ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

लगानीकर्ताको ‘पर्ख र हेर’ अवस्थाले सेयर बजारको घट्ने क्रममा सुधार

काठमाडौं : स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालको भनाइ छ– ‘बजारमा लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्।’संस्थागत लगानीकर्ता पनि लगानी गर्न हच्किएका छन्। बैंकको मुद्दतीबाट एकदमै कम प्रतिफल आउँदा पनि पैसा ‘होल्ड’ गरी राखेका छन्। सेयर बजारमा सुधार ल्याउन सरकारले केही प्रयास गरे पनि सफल हुन सकेको देखिँदैन। यसबेला सेयर बजार घट्ने क्रममा भने केही सुधार आएको छ। साउनको चौथो सातामा नेप्से ३ दिन बढ्यो भने २ दिन घट्यो।