SHARE
कालिका खबर · शनिबार ३० साउन २०८३ ०३:१९ PM · 1 मिनेट पढाइ

लिबर्टी माइक्रो लाइफको नाफा ९५.९८ प्रतिशतले घट्यो

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको खुद नाफामा गत आर्थिक वर्ष २०८२/८३ मा भारी गिरावट आएको छ। कम्पनीले चौथो त्रैमाससम्ममा ४ लाख ६२ हजार २४८ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९५.९८ प्रतिशतले घटेको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड १४ लाख ९७ हजार ४६२ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। नाफामा ठूलो गिरावट आए पनि कम्पनीको बीमा व्यवसाय भने विस्तार भएको छ।