हिमालयन एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क १८% बढ्यो, नाफा भने ३६% घट्यो
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको बीमा व्यवसाय विस्तार भए पनि खुद नाफामा भने उल्लेख्य गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ३३ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ३६.५३ प्रतिशतले घटेको हो। नाफामा कमी आए पनि कम्पनीको बीमा व्यवसाय भने विस्तार भएको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८४ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
