हिमालयन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १६.२१ प्रतिशतले वृद्धि
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार गत आर्थिक वर्ष २०८२/८३ मा १६.२१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा जीवन बीमा कोषमा ८९ अर्ब ४१ करोड ५० लाख रुपैयाँ सञ्चित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोषको आकार ७६ अर्ब ९४ करोड १५ लाख रुपैयाँ रहेको थियो। यसैगरी, समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५.८४ प्रतिशतले बढेर १८ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले १७ अर्ब ६६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
