SHARE
कालिका खबर · शनिबार ३० साउन २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

गार्डियन माइक्रो लाइफको बीमा कोष १९७ प्रतिशतले बढ्यो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०८२/८३ मा नाफा बाहेक अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ। कम्पनीको बीमा कोष र बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। शनिबार प्रकाशित कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने ३२.८३ प्रतिशतले घटेर १ करोड ६० लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यता, कम्पनीको जीवन बीमा कोषको आकार भने १९७ प्रतिशतले बढेर ४४ करोड ९१ लाख रुपैयाँ पुगेको छ।