राष्ट्रिय जीवन बीमाको जीवन बीमा कोष १४.९३ प्रतिशतले बढ्यो
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार गत आर्थिक वर्ष २०८२/८३ मा १४.९३ प्रतिशतले बढेको छ। कम्पनीले शनिबार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म जीवन बीमा कोषमा ७१ अर्ब ४७ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६२ अर्ब १९ करोड २७ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको हो। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन १.४० प्रतिशतले बढेर ९ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ पुगेको छ।
