नेशनल लाइफको जीवन बीमा कोष १०.३५ प्रतिशतले बढ्यो
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष गत आर्थिक वर्ष २०८२/८३ मा १०.३५ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोष ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल बीमाशुल्क आर्जन १३.८६ प्रतिशतले बढेर २४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीले २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
