SHARE
कालिका खबर · शनिबार ३० साउन २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा कोष ७१.४० प्रतिशतले बढ्यो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको बीमा कोषको आकार गत आर्थिक वर्ष २०८२/८३ मा ७१.४० प्रतिशतले बढेको छ। शनिबार प्रकाशित कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा कोष ९ अर्ब ६६ करोड २५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कोष ५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो वर्षको ४ अर्ब २८ करोड ५३ लाख रुपैयाँको तुलनामा ३.९७ प्रतिशत बढी हो। यता, कम्पनीको खुद बीमाशुल्क आर्जनमा भने सामान्य वृद्धि देखिएको छ।