नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको 'टार्गेट क्रस'
काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतबार समापन हुँदैछ। तर, साउन २६ देखि ६ दिनका लागि सुरु भएको मेलाको पाँचौं दिनसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पो स्थल पुगिसकेका छन्।शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका छन्। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या १ लाख ५० हजार नाघेको छ।
