ओरिएन्टल इन्स्योरेन्स ४९ करोड नाफामा, बीमा कोषमा १७७ प्रतिशत वृद्धि
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले अघिल्लो आर्थिक वर्षको घाटालाई उल्टाउँदै समीक्षा अवधिमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो। एक वर्षमै नाफामा उल्लेख्य सुधार देखिएको हो।
