SHARE
मकालु खबर · शनिबार ३० साउन २०८३ १२:३५ PM · 1 मिनेट पढाइ

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । नेपालगञ्जको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ताल यतिबेला झाँडी, बुट्यान फैलिएर कुरुप बन्दै गएको छ । स्थानीय चक्र बुढाले भने, “सौन्दर्यताका लागि नेपालगञ्ज उपमहानगरले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् ।