SHARE
अन्नपूर्ण · शनिबार ३० साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

अर्थमन्त्रीले प्रवासी नेपालीलाई भने- नेपालमा ढुक्कसँग लगानी गर्नूहोस्

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा आजबाट सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै उनले यस्तो धारणा राखेका हुन्।