कांग्रेस नेता कोइरालाले भने- अदालतबाट विपक्षमा निर्णय आइहाले पनि छलफल गरेर अगाडिको नीति तय गर्छौं
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पारेका छन्। शनिबार संस्थापनइतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले भेला नयाँ पार्टी खोल्नका लागि नगरिएको भन्दै समय–समयमा पार्टी र विचारलाई परिमार्जित गर्दै लैजान यस्ता भेलाहरू आवश्यक हुने समेत उल्लेख गरेका थिए। आफू नयाँ पार्टी खोल्ने पक्षमा नरहेको र अदालतबाट विपक्षमा निर्णय आइहाले पनि सबै मिलेर छलफल गरी अगाडिको नीति तय गरिने उनको भनाइ छ।
