SHARE
कालिका खबर · शनिबार ३० साउन २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

नाइमा एक्स्पोको पाँचौँ दिन आर्कफक्स टी१ नेपालमा सार्वजनिक

काठमाडौं । केही दिनको प्रतीक्षापछि नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को पाँचौँ दिन सर्वाधिक प्रतीक्षा गरिएको विद्युतीय सवारीमध्ये एक आर्कफक्स टी१ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक भएको छ। प्रिमियम फेमिली क्रसओभर ईभीका रूपमा प्रस्तुत गरिएको टी१ मा सहरी सडक तथा विविध ड्राइभिङ अवस्थालाई लक्षित गर्दै इन्टेलिजेन्ट प्रविधि, आरामदायी क्याबिन र व्यावहारिक सुविधाको संयोजन गरिएको कम्पनीले जनाएको छ। टी१ को प्रमुख आकर्षणमध्ये अटोमेटिक पार्किङ असिस्टेन्स सिस्टम रहेको छ। यसले समानान्तर तथा ठाडो पार्किङ गर्न तथा पार्किङ क्षेत्रबाट सुरक्षित रूपमा बाहिर निस्कन सहयोग गर्छ।