SHARE
अन्नपूर्ण · शनिबार ३० साउन २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

दार्चुला जिल्ला अस्पताल भवनको ठेक्का तोड्न मन्त्री लम्सालको निर्देशन

दार्चुला : निर्माणाधीन जिल्ला अस्पताल भवनको निर्माण कार्यमा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कडा असन्तुष्टि जनाउँदै ठेक्का सम्झौता तोड्न निर्देशन दिएका छन्। जिल्ला अस्पतालमा निर्माणाधीन भवनको स्थलगत अवस्था तथा निर्माण प्रगतिबारे जानकारी लिएपछि मन्त्री लम्सालले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका हुन्।