SHARE
अन्नपूर्ण · शनिबार ३० साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

निर्वाचनपश्चात पहिलो पटक ओली गृह जिल्लामा

काठमाडौं : नेकपा एमालेका अध्यक्ष आज गृह जिल्ला झापा पुगेका छन्। आज दिउँसो उनी झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए।ओलीको सचिवालयका अनुसार झापा र इलामका कार्यक्रममा सहभागी हुन गएका हुन्। एमाले इलाम नगर कमिटीका अध्यक्ष ठाकुरनारायण श्रेष्ठका अनुसार इलामको फिक्कलमा आज जनजाति महासंघको बैठकमा सम्बोधन गर्ने कार्यसूची छ। उनी निर्वाचनपश्चात पहिलो पटक झापा गएका हुन्।