कल्पेको स्विट्जरल्यान्ड, देखेको स्विट्जरल्यान्ड
स्विट्जरल्यान्ड बन्ने सपना देख्ने गरेका नेपालीको मनमा उस्तै पहाड, नदीनाला र भूअवस्थितिको सामीप्यता बढ्ता देखिन्छ। तर, स्विट्जरल्यान्ड बन्ने रहस्य उसको शिक्षा र सीपमा भेटिन्छ। सन् १९९५ मा रिलिज भएको शाहरूख खान र काजोल अभिनीत बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ (डीडीएलजे) ले उतिबेला हामीलाई धेरै हदसम्म स्विट्जरल्यान्डको सपना देख्न सिकायो।
