SHARE
मकालु खबर · शनिबार ३० साउन २०८३ ०६:२४ AM · 1 मिनेट पढाइ

एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली

काठमाडौं । एक समय एशियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद् नतिजा दिएको गर्विलो इतिहास छ । सात दशकभन्दा बढी लामो इतिहास बोकेको एशियाली खेलकुदको १९ औं संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ । जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठूलो खेल हो ।