SHARE
मकालु खबर · शनिबार ३० साउन २०८३ ०५:१९ AM · 1 मिनेट पढाइ

अर्जुनी सर्पदंश उपचार केन्द्रबाट स्थानीय लाभान्वित

महेन्द्रनगर । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रबाट एक हजार ९९६ जना लाभान्वित भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको रणसिंहदल गण, मझगाउँ ब्यारेकअन्तर्गत अर्जुनीमा रहेको सर्पदंश उपचार केन्द्रमो एक हजार ३५१ जना महिला र ६४५ पुरुषले सेवा लिएका हुन् ।