SHARE
मकालु खबर · शनिबार ३० साउन २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान सात दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण भवन तथा घरहरू भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ठूलो भौतिक क्षति भएको अधिकारीहरूले बताएका छन् । भूकम्पपछि इन्डोनेसियाली अधिकारीहरूले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई अग्लो स्थानमा जान आग्रह गरेका थिए ।