SHARE
लोक पथ · शनिबार ३० साउन २०८३ ०५:५५ AM · 1 मिनेट पढाइ

छिट्टै हर्मुज जलमार्गलाई अमेरिकाको भू-भाग घोषणा गर्नेछु : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामरिक तथा आर्थिक रूपमा महत्वपूर्ण होर्मुज जलसन्धिलाई छिट्टै संयुक्त राज्य अमेरिकाको भू-भाग घोषणा गर्ने बताएका छन् । शुक्रबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरान ‘नराम्रोसँग पराजित’ भइरहेको दाबी गर्दै इरानमाथि विजय हासिल गरेपछि होर्मुज जलसन्धिलाई अमेरिकी भूभाग घोषणा गर्ने बताएका हुन् ।