SHARE
कालिका खबर · शनिबार ३० साउन २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

जय मल्टिपल कलेज बन्यो ANNFSU Valley Futsal Tournament–२०८३ को विजेता

काठमाडौं । उपत्यका प्रदेशस्तरीय ANNFSU Valley First Futsal Tournament–२०८३ को उपाधि जय मल्टिपल कलेजले जितेको छ। दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सहभागी ४५ टिमबीचको रोमाञ्चक प्रतिस्पर्धामा जय मल्टिपल कलेज प्रथम, नेपाल काष्टमण्डप कलेज दोस्रो र विश्व निकेतन तेस्रो भएका हुन्। प्रतियोगिताको विजेता जय मल्टिपल कलेजले रु. १ लाख ११ हजार १११, दोस्रो भएको नेपाल काष्टमण्डप कलेजले रु. ५५ हजार ५५५ तथा तेस्रो भएको विश्व निकेतनले रु. २३ हजार ५५५ नगद पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको समापन कार्यक्रममा अनेरास्ववियु उपत्यका प्रदेश कमिटी संयोजक रवि मगरले अध्यक्षता गरेका थिए।