SHARE
लोक पथ · शनिबार ३० साउन २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन के-के हुँदै छ ?

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न प्रतिवेदनमाथि छलफल सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा भइरहेको बन्दसत्रमा पार्टीको आन्तरिक अवस्था, संगठन र आगामी राजनीतिक रणनीतिबारे छलफल भइरहेको छ ।