बाढीपहिरोले ठाउँ-ठाउँमा सडक अवरुद्ध, यातायात प्रभावित
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडकमा बाढीपहिरो तथा सडक कटान हुँदा यातायात प्रभावित भएको छ । प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ६ः३० बजेसम्मको बाढीपहिरोको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका सडकमा सवारीसाधनको आवागमन अवरुद्ध भएको जनाएको हो ।
